विद्रोही समूहको अत्याचारका कारण हैटीमा हजारौँ विस्थापित

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । हैटीमा गुण्डाहरुको समूहका कारण हजारौँ जना विस्थापित भएका छन् । राजधानी पोर्ट–ओ–प्रिन्ससहितका सहरमा कतै गुण्डाहरुको समूह र कतै विद्रोही समूहको लुटपाट, अपहरण र धम्कीका कारण हजारौँ मानिस विस्थापित भएका समाचार संस्था रोयटर्सले जनाएको छ ।

राजधानीकै कतिपय क्षेत्र गिरोहको कब्जामा रहेकाले अवस्था भयावह रहेको खबरमा उल्लेख छ । ज्यान बचाउने आसामा मानिसहरु अत्यावश्यक सामान बोकेर भागिरहेका छन् । सोलिनो सहरबाट मात्रै पछिल्लो एक हप्तामा २० हजार जनाभन्दा धेरै घर छाडेर भागेका छन् । पहिले अरू क्षेत्रबाट विस्थापित भएर आएकाहरु अहिले पुन विस्थापित हुन बाध्य छन् ।

संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले विगत तीन महिनामा हैटीमा विस्थापितहरूको सात लाख पुगेको जनाएको छ । ‘मैले कति पटक मेरो घर छोडेको छु भनेर म गणना गर्न सक्दिनँ । हरेक पटक म नयाँ क्षेत्रमा आइपुग्छु, फेरि भाग्न बाध्य हुन्छु’, एकजना विस्थापितले भनेका छन् ।

विश्व खाद्य कार्यक्रमले ५४ लाख हैटीबासीहरु चरम भोकमरीबाट पीडित रहेको उल्लेख गरेको छ । विद्रोही र गुण्डाहरुको समूहले राहत वितरणमा पनि अवरोध गर्दै आएका छन् । गएको बिहीवार मानवीय प्रयासमा सहयोग गर्ने संयुक्त राष्ट्रसंघीय हेलिकप्टरमा गोली लागेको थियो । एजेन्सी

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्