चार सयले घट्यो सुनको मूल्य

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । सोमबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेर कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुन प्रतितोला एक लाख ६७ हजार रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाल सुन प्रतितोला एक लाख ६७ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला दुई हजार ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी प्रतितोला दुई हजार ८५ रुपैयाँमा कारोबार भएको थियो ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्