सांसदहरुको प्रश्नः मीनबहादुर गुरुङले एमालेलाई जग्गादान गर्नु भ्रष्टाचार हो कि होइन?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । सांसदहरूले व्यवसायी मीनबहादुर गुरुङले नेकपा एमालेलाई जग्गादान गर्नु भ्रष्टाचार हो कि होइन भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई प्रश्न गरेका छन् । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा सांसदहरूले आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई यस्तो प्रश्न सोधेका हुन् ।

नेकपा माओवादी केन्द्रकी सांसद दुर्गा राईले प्रधानमन्त्रीको पार्टी कार्यालयका लागि १० रोपनी १४ आना जग्गा दान दिनु र लिनु भ्रष्टाचार भएको बताउँदै यसमा अख्तियारले छानबिन गर्छ कि गर्दैन भनेर प्रश्न सोधकी छन् । एमनेस्टी इन्टरनेशनल नेपालले जग्गादानलाई भ्रष्टाचार भनेको उल्लेख गर्दै माओवादीकी सांसद राईले अख्तियारले यो विषयलाई कसरी हेरेको छ भनेर प्रश्न गरेकी हुन् ।

यस्तै बैठकमा नेपाली कांग्रेसकी सांसद सरिता प्रसाईंले पनि गुरुङले करोडौं रुपैयाँ पर्ने जग्गा दिएको विषयमा प्रश्न गरेकी छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्