इजरायली आक्रमणबाट लेबनानमा ६० जनाको मृत्यु

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । लेबनानको पूर्वी बेका उपत्यकामा इजरायली हवाई आक्रमणमा परी दुई बालबालिकासहित ६० जनाको मृत्यु र ५८ जना घाइते भएका लेबनानको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयले उपत्यकाका १२ क्षेत्र प्रभावित भएको उल्लेख गरेको छ । उद्धारको प्रयास जारी छ । मृतकको संख्या प्रारम्भिक रहेको बताइएको छ ।

बालबेकका गभर्नर बाचिर खोडरले लेबनान र इजरायलबीचको द्वन्द्व सुरु भएदेखि नै यो क्षेत्रमा गरिएको सबैभन्दा हिंसात्मक आक्रमणको निन्दा गरेका छन् ।  गएको सेप्टेम्बर २३ देखि इजरायलले लेबनानमा हवाई आक्रमण तीव्र पारेको छ । सिन्ह्वा/न्युज एजेन्सी नेपाल

 

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्