रुबी खानसँग गृह मन्त्रालयको तीन बुँदे सहमति

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । रुबी खानसहितको समूहसँग गृह मन्त्रालयले तीन बुँदे सहमति गरेको छ । नेपालगञ्जकी निर्मला कुर्मी बेपत्ता प्रकरणमा गृह मन्त्रालयका उपसचिव दिलकुमार तामाङ र आन्दोलनरत पक्षको तर्फबाट रुबी खानले सम्झौतामा हस्ताक्षर गरेका हुन् । सहमतिअनुसार कुर्मी प्रकरणको शीघ्र निरुपणका लागि प्रहरी प्रधान कार्यालयमार्फत जिल्ला प्रहरी कार्यालय, बाँकेलाई लेखी पठाउने निर्णय भएको छ ।

योसँगै खानसहितका महिलाहरुले गरेको आन्दोलन स्थगित भएको छ । रुबी खानलगायत महिलाहरू २५ साउनदेखि माइतीघर मण्डलामा धर्ना दिइरहेका थिए ।

 

 

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्