बीमा प्राधिकरणका अध्यक्षविरूद्ध मुद्दा दायर

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालविरूद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ। अख्तियारका अनुसार नागरिकतामा उनले पटक(पटक जन्म मिति संशोधन गरी नागरिकता तथा राहदानीमा केरमेट र जालझेल गरेको आरोप लागेको थियो।

प्राधिकरणको अध्यक्षको हैसियतमा ६५ वर्षको उमेरको हदबाट अनिवार्य अवकाशमा हुनुपर्नेमा २०८० साउन १६ गतेबाट ६६ औं वर्षमा प्रवेश गर्दा समेत पदमा बहाल नै रहेर ९ महिनादेखि राष्ट्रसेवक पदको दुरूपयोग गरी लाभ, सुविधा र अधिकारको प्रयोग गरेको भन्दै उजुरी परेको थियो।

सिलवालले २०८० साउन १५ गते देखि हाल सम्म रकम ३६ लाख ६२ हजार १५४ रुपैयाँ रकम लाभ लिएको आरोप छ। त्यसैले उनको सम्पत्ति र साधन रोक्का गर्न माग गरेको छ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्