काठमाडौँ । भारतको तमिलनाडुमा एक अस्पतालमा आगलागी हुँदा कम्तीमा ६ जनाको ज्यान गएको छ । तमिलनाडुको डिन्डिगुलमा रहेको एक निजी अस्पतालमा गएराति आगलागी हुँदा ६ जनाको ज्यान गएको बीबीसी हिन्दीले जनाएको छ । घटना राति १० बजेतिर भएको थियो ।
समाचार एजेन्सी पीटीआईका अनुसार ज्यान गुमाउनेमध्ये एक जना शिशु पनि छन् । आगलागीको कारण अझै पत्ता लाग्न सकेको छैन । तर शर्ट सर्किट भएर आगलागी भएको आशङ्का गरिएको छ ।
तमिलनाडुका मुख्यमन्त्री एमके स्टालिनले ६ जनाको ज्यान गएकोमा दुःख व्यक्त गर्नुभएको हो । उहाँले हरेक मृतकका परिवारलाई तीन लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेका छन् । एजेन्सी