काठमाडौ । क्रोएसिया र साइप्रस पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा उदयपुर रौतामाई गाउँपालिका(३ घर भई काठमाडौं गोकर्णेश्वर नगरपालिका ८ बस्ने ५३ वर्षीय यादबहादुर बुर्जामगर र बारा पचरौता नगरपालिका ८ घर भई काठमाडौं भिमसेनगोला बस्ने ३५ वर्षीय सञ्जय साह बानियाँ रहेका छन् ।
मगरले क्रोएसिया पठाइदिन्छु भन्दै २ जना पीडितसँग ५ लाख ७५ हजार रूपैयाँ र सञ्जयले साइप्रस पठाइदिन्छु भन्दै १ जनासँग ४ लाख ६० हजार रूपैयाँ लिएर सम्पर्कविहीन भएका थिए ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।