काठमाडौँ । मंगलबार सुनचाँदीको मूल्य घटेर कारोबार भएको छ । सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवासयी महासंघले जनाएको छ । आज सुन प्रतितोला एक लाख ४९ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुन प्रतितोला एक लाख ५० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ७६५ रुपैयाँमा खरिद–बिक्री भइरहेको छ । सोमबार चाँदी प्रतितोला एक हजार ७९५ रुपैयाँमा कारोबार भएको थियो ।