काठमाडौं । प्रहरी कल्याण पेट्रोल पम्प नक्सालमा कार्यरत प्रहरीका सहायक निरीक्षक (असई) दिलिप कार्कीविरुद्ध मुद्दा दायर गरिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कार्कीविरुद्ध १ करोड ३ लाख रुपैयाँभन्दा बढी रकम भ्रष्टाचार गरेको आरोपमा आइतबार मुद्दा दायर गरेको हो ।
अख्तियारले पेट्रोल पम्पमा राख्नुपर्ने हिसाबमा अनियमितता गरी भ्रष्टाचार गरेको कसूरमा वर्ष दिनअघिदेखि सुरु गरिएको अनुसन्धान टुंग्याउँदै कार्कीविरुद्ध १ करोड ३ लाख ९७ हजार ९३७ रुपैयाँ बिगो माग दाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको हो । कार्कीले पेट्रोल विक्रीबापत प्राप्त रकमलाई गलत तथ्यांक देखाएर अनियमितता गरेका थिए ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्