काठमाडौं । नेपालमा सोमबार थप १ हजार ८ सय १ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । देशभर गरिएको ८ हजार ७ सय ४ पिसिआर परिक्षणका क्रममा १ हजार ५ सय ४८ र २ हजार ६ सय २२ एन्टीजेन परिक्षणका क्रममा २५३ जनामा कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यो संगै नेपालका कोरोना संक्रमितको संख्या ८ लाख २९ हजार ४ सय ४३ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप २४ जनाको मृत्यु भएको छ । यो संगै नेपालमा १० हजार ५ सय ३३ जनाको कोरोनाका कारण मृत्यु भएको छ । त्यस्तै थप १ हजार ९ सय २४ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ७ लाख ९ सय ८१ जना संक्रमणमुक्त भएका छन् ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्