अध्यक्ष ओलीलाई आफ्नो पार्टीमा आए ढोका खुल्ला भएको माधवकुमार नेपालको भनाइ

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओलीलाई आफ्नो पार्टीमा आउन ढोका खुल्ला भएको बताएका छन् ।

समाजवादी पार्टीको बैठक बस्न चन्द्रागिरी पुगेका नेता नेपालले सञ्चारकर्मीहरूसँग कुरा गर्दै ओलीले पार्टीलाई निजी कम्पनीको रूपमा लिन थालेपछि नयाँ पार्टी गठन गरिएको बताएका हुन् । हामीले निजी कम्पनी बनाएपछि विरोध स्वरुप विद्रोह गर्न बाध्य भयौँ, उहाँ आउनुहुन्छ भने हाम्रो पार्टीमा स्वगतछ’, उनले भने ।

उनले आफूहरुले ओलीको गलत प्रवृत्तिविरुद्ध विचार, मूल्य र मान्यताको लडाई लडेको पनि बताए । ओलीको नेतृत्वमा एमालेमा कुनै सुधारको लक्षण नदेखिएका कारण आफूहरुले नयाँ राजनीतिक शक्ति निर्माण गरेको उल्लेख गरे ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्