असोज १ बाट काठमाडौं जिल्लाका विद्यालय खोल्न पाइने

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । काठमाडौंका निजी तथा सामुदायिक विद्यालय असोज १ गतेबाट खोल्न पाइने भएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले असोज १ गतेबाट विद्यालय खोल्न सक्ने अनुमति दिएको जानकारी दिए । काठमाडौंका प्रमुख जिल्ला अधिकारी, स्थानीय तहको शिक्षा विभाग कर्मचारी र अभिभावक सहितको बैठकले कोरोना संक्रमणको अवस्था हेरेर असोज १ गतेबाट विद्यालय खोल्न सक्ने निर्णय गरेको हो ।

स्थानीय तहको शिक्षा प्रतिनिधि र अभिभावक प्रतिनिधिसहति बसेको बैठकले कोरोना संक्रमणको अवस्था हेरेर विद्यालय खोल्न सक्ने अनुमति दिएको उनले बताए । भदौ महिनाभर कोरोना संक्रमणको अवस्था अवलोकन गरेर सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्डको पालना गरेर विद्यालय सञ्चालन गर्न सक्ने उनको भनाइ छ । विद्यालय सञ्चालन गर्नुभन्दा पहिला नगर शिक्षा समितिबाट स्वीकृति लिनुपर्ने उनले बताए ।

उनका अनुसार जिल्ला प्रशासन कार्यालयले स्थानीय तहलाई विद्यालय खोल्ने अनुमति दिएको हो । तर विद्यालय खोल्ने कि नखोल्लने भन्ने निर्णय भने सम्बन्धित स्थानीय तहहरुले गर्ने उनले बताए । कोरोना संक्रमणको अवस्था हेरेर नगर शिक्षा समितिको वैठकले विद्यालय सञ्चालन गरे त्यसलाई प्रशासनले अनुमति दिनेछ । उनका अनुसार काठमाडौं महानगरपालिका शिक्षा समितको बैठक भदौ २८ गते बस्नेछ र उक्त समयको कोरोना संक्रमणको अवस्था अनुसार निर्णय हुनेछ ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्