Skip to content

काठमाडौंको प्रमुख जिल्ला अधिकारीमा रिजाल नियुक्त

काठमाडौं– काठमाडौंको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी गोविन्दप्रसाद रिजालले पाएका छन् ।

गृह मन्त्रालयको प्रशासन महाशाखाका सहसचिव रहेका रिजाललाई मंगलबार काठमाडौँको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको हो ।

यसअघि प्रमुख जिल्ला अधिकारी रहेका कालीप्रसाद पराजुलीलाई गृह मन्त्रालय तानिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्