काठमाडौं । शरद् ऋतुका याममा मनास्लु हिमाल (८,१६३ मी) आरोहणकालागि आकर्षण देखिएको छ । पर्यटन विभागले १६ आरोही समूहका १६० जनालाई अनुमति दिएको छ । सोमबारसम्म कञ्चनजङ्घा हिमाल (८,५८६ मी) आरोहण गर्न एक समूहले अनुमति लिएको विभागले जनाएको छ । दुबै हिमालबाट हालसम्म ३१ लाख ४६ हजार सलामी दस्तुर सङ्कलन भएको छ ।
शरद ऋतु पर्वतारोहणका लागि उत्तम मानिन्छ । यो याममा उल्लेख्य सङ्ख्यमा स्वदेशी तथा विदेशी पर्वतारोही आरोहणका लागि निस्कन्छन् । कोभिड–१९ महामारीको जोखिमकाबीच पनि यो याममा स्वदेशी तथा विदेशी आरोहीले आरोहणका लागि अनुमति लिएका छन् ।
अघिल्लो वर्षको सो याममा महामारीकाबीच पनि केही विशिष्ठ विदेशी पाहुनासहित उल्लेख्य सङ्ख्यामा आरोहण भएको विभागले जनाएको छ । अघिल्लो वर्षको यही याममा पनि मनास्लु र अमादब्लम हिमाल आरोहणका लागि धेरै सङ्ख्यामा स्वदेशी तथा विदेशी गएका थिए । -रासस
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्