नेपाली कांगे्रस कैलाली जिल्लाका नेता मानबहादुर महतोको ७४ वर्षका उमेरमा निधन भएको छ । कैलालीको लम्कीचुहा नगरपालिका–९ वनवर्सा गाउँ निवासी महासमिति सदस्य उहाँको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा आज बिहान निधन भएको हो ।
रक्तचापका कारण अचानक छाती दुखेपछि उहाँलाई उपचारका लागि सो मेडिकल कलेज पु¥याइएको थियो । पञ्चायतकालदेखि नै कांग्रेसको राजनीतिमा लागेका उनि कैलाली कांग्रेसका लोकप्रिय र निष्ठावान नेता थिए । कांग्रेसका नेतृत्वमा नेपालमा प्रजातन्त्र स्थापना र पुनःस्थापनाका लागि भएका आन्दोलनमा तत्कालीन संविधानसभाका सदस्य उनको महत्वपूर्ण योगदान रहेको कांग्रेसका नेता रामजनम चौधरीले बताए ।
उनको श्रीमती तीन छोरा र तीन छोरी छन् । स्व महतोको स्थानीय पथरैया नदी किनारको सोनपुरघाटमा आजै अन्तिम संस्कार गर्न लागिएको कांग्रेसका क्षेत्रीय सभापति भक्त थापाले दिए ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्