नेपालमा शनिबार थप १ हजार ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको ८ हजार ५ सय ४० पिसिआर परिक्षणका क्रममा ८ सय ३५ जना र २ हजार ८ सय १८ एन्टीजेन परिक्षणका क्रममा २ सय ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ७२ हजार ८ सय पुगेको छ । त्यस्तै कोरोनाका कारण थप १६ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार २८ जनाको कोरोनाका कारण ज्यान गएको छ ।
त्यस्तै थप १ हजार २ सय ३४ संक्रमित निको हुँदा हालसम्म नेपालमा ७ लाख ८३ हजार ९ सय १० जना संक्रमणमुक्त भएका छन् । नेपालमा हाल २५ हजार ८२ सक्रिय संक्रमित आइशोलेशन र २४६ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्