नेपालमा बिहीबार थप १ हजार २ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको ११ हजार ६ सय २९ पिसिआर परिक्षणका क्रममा ९ सय ४१ जना र ३ हजार ६ सय १४ एन्टीजेन परिक्षणका क्रममा २ सय ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ७८ हजार ६ सय ७६ पुगेको छ ।
त्यस्तै कोरानोका कारण थप १३ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ७२ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । त्यस्तै थप १३ सय २४ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ७ लाख ५६ हजार ९ सय ५४ संक्रमित कोरोनामुक्त भएका छन् । हाल नेपालमा २० हजार ७ सय ४३ सक्रिय संक्रमित आइशोलेशन र २ सय ४६ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्