नेपाली कांग्रेसले गाउँ तथा नगर अधिवेशनको मिति हेरफेर गर्ने तयारी गरेको छ ।
बिहीबार सिंहदरबारस्थीत संसदीय दलको कार्यालयमा पार्टीको निर्वाचन समिति सहित बसेको कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा अधिवेशनको कार्यतालिका हेरफेरका बिषयमा छलफल भएको हो ।
बैठक शुक्रबार बिहान १० बजे पुन बस्ने र अधिवेशनका साथै क्रियाशिल सदस्यताको विवादका बिषयमा पनि छलफल हुने एक नेताले जानकारी दिए । शुक्रबार बस्ने बैठकले कांग्रेसले १३ जिल्लामा वडा अधिवेशन र त्यसपछिका अधिवेशनका विषयमा निर्णय लिने बताइएको छ । कांग्रेसको केन्द्रीय महाधिवेशन आगामी ९ देखि १३ मंसिरसम्म गर्ने तय भएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्