माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु, मन्त्रीहरुको नाम टुंगो लगाउनेबारे छलफल हुने

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक सुरु भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा सुरु बैठकमा सरकारका काम र पार्टीको आन्तरिक जीवनबारे छलफल हुने नेता गणेश साहले बताए । माओवादी केन्द्रका अर्का एक नेताले भने सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुंगो लगाउनेबारे छलफल हुने बताए ।

यसअघि आइतबार बसेको सत्ता गठबन्धनको बैठकमा बुधबारसम्म मन्त्रिपरिषदलाई पूर्णता दिनेबारे छलफल भएको थियो । गत असार २९ गते प्रधानमन्त्री बनेका देउवाले अझै पनि सरकारलाई पूर्णता दिन सकेका छैनन् ।

 

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्