प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका नेता खगराज अधिकारीले लगातार संसदमा बिरोध हुँदा पनि सरकार तमाशा हेरेर बसेको आरोप लगाएका छन् ।
सोमबार संसद भवनमा संचारकर्मीसंग कुरा गर्दै अधिकारीले आफुलाई लोकतन्त्रवादी भन्ने कांग्रेस नेतृत्वको सरकारले संसदमा देखिएको गतिरोध अन्त्य गर्न कुनै भूमिका निर्वाह नगरेको र तमाशा हेरेर बसेको आरोप लगाएका हुन् । उनले सरकारले अहिले गैर जिम्मेवार प्रवृति देखाएको तर्क गरे । अधिकारीले अकस्मात संसद बन्द गरि दलीय व्यवस्थालाई समाप्त गर्ने सत्ता गठबन्धनको षडयन्त्रको जारी रुप संसदमा देखिएको धारणा राखे । त्यस्तै उनले सरकार आफ्नो नीति र सिद्धान्तमा विश्वस्त नरहेको आरोप लगाए ।
अधिकारीले बजेट अध्यादेशको प्रतिस्थापन विधेयकमा कालोधनलाई सेतो बनाउने प्रावधान राखिएको भन्दै यसले अन्तराष्ट्रिय कानून आकर्षित हुने र नेपाल नै कालोसूचीमा पर्ने खतरा रहेको बताए ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्