चूडामणि शर्मा ५० लाख धरौटी तिरेर रिहा

chudamani
Ad
  • कालोपाटी सम्बाददाता

तत्कालीन कर फछ्र्योट आयोगका सदस्य–सचिव चूडामणि शर्मालाई विशेष अदालतले ५० लाख धरौटीमा छाड्न आदेश गरेको छ । उनि आजै धरौटी बुझाएर उनी छुटेका छन् ।

विशेष अदालतले कर फछ्र्योट आयोगमा रहँदा भ्रष्टाचार गरेको आरोप लागेका आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चूडामणि शर्मासँग रु ५० लाख धरौटी माग गर्ने आदेश गरेको थियो  ।

न्यायाधीशद्वय अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इजलासले आज थुनछेक बहसपछि उक्त धरौटी माग गर्ने आदेश गरेको थियो।    कर फछ्र्योट आयोगमा रहँदा भ्रष्टाचारको आरोप लागेका शर्मालाई आज अदालतमा हाजिर गराएर थुनछेक बहसपछि उक्त धरौटी माग गरिएको थियो  ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्