मोरङ । प्रदेश नं १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले दसैँ पर्वले अन्याय, अत्याचार अन्त्य गर्दै सामाजिक एकता, आपसी सद्भाव र भातृत्व अभिवृद्धिमा टेवा पुर्याउने विश्वास व्यक्त गरेका छन् ।
नेपालीको महान चाँड बडादसैँ–२०७८ को अवसरमा उनले आज जारी गर्नुभएको शुभकामना सन्देशमा कोभिड–१९ को महामारीले स्वास्थ्यमा ठूलो चुनौती थपिएको हुँदा यसबाट जोगिन नेपाल सरकारले लागू गरेको स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड पालना गर्न सबैमा आग्रह गरेका छन् ।
दसैँले विभिन्न जातजाति, भाषा, धर्म एवम् सांंस्कृतिक पहिचान बोकेका सबै नेपालीको लागि राष्ट्रिय एकता, सामाजिक सद्भाव, आपसी भातृत्व कायम गर्न सकोस भन्दै उनले देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना दिएका छन् ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्