धादिङ । गल्छी गाउँपालिका वडा नं ७ स्थित गल्छिमा गए रातिदेखि सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । सडक विभाग र स्थानीयवासीको संयुक्त प्रयासले पहिरो पन्छाउने काम जारी रहेको गल्छी-७ का वडाध्यक्ष हरि खतिवडाले जानकारी दिए ।
यातायात अवरुद्ध हुँदा दसँैका लागि घर हिँडेका यात्रुले सास्ती व्यहोर्नुपरेको छ । यातायात साधन नचल्दा १० किलोमिटर लामो लाम लागेको छ । यसैगरी नौबिसे–नागढुङ्गा सडकमा सवारीसाधन बिग्रिएका कारण यातायात अवरुद्घ भएको छ । सवारीसाधनको चाप भएका कारण यातायात जाम भएको हो ।-रासस
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्