काठमाडौं । बैंकिङ कसूरको आरोपमा सिन्धु विकास बैंक, दोलालघाट शाखामा कार्यरत सुमन खरेल पक्राउ परेका छन् । आफू कार्यरत बैंक सिन्धु विकास बैंक, दोलालघाट शाखाले दैनिक रुपमा जम्मा गर्ने रकम एनसीसी बैंक, बाह्रबिसेमा रहेको सिन्धु विकास बैंकको खातामा जम्मा गर्दै आएकोमा जम्मा नगरी १ करोड ८९ लाख ९० हजार ८५५ रुपैयाँ चलाएका काभ्रेको भुलु गाउँपालिका-८ का ३१ वर्षीय खरेल पक्राउ परेका हुन् ।
उनलाई केन्द्रीय अनुसन्धान ब्यूरोले सोमबार काभ्रेबाट पक्राउ गरेको छ । पक्राउ परेका उनलाई उच्च अदालत पाटनबाट ७ दिनको म्याद थप गरी बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिम आवश्यक कानूनी कारवाही भइरहेको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्