कञ्चनपुर । बेलौरी नगरपालिका–४ शान्तिनगरका अन्दाजी ५० वर्षीय बलराम राना गैँडाको आक्रमणबाट आज गम्भीर घाइते भएका छन् । च्याउ टिप्न नजिकैको सामुदायिक वन क्षेत्रमा गएका रानालाई गैँडाले आक्रमण गरेको हो ।
गैँडाले आक्रमण गरी गम्भीर घाइते बनाएका रानाको बेलौरीस्थित इसान मेमोरियल अस्पतालमा उपचार भइरहको छ । डिभिजन वन कार्यालयका सूचना अधिकारी शिवराज अवस्थीले गैँडाले रानालाई घाइते बनाएको खबर आएको बताउनुभयो । सत्यतथ्य बुझ्न निमित्त कार्यालय प्रमुख दिनेशकुमार यादवसहितको टोली घटनास्थलतर्फ गएको उहाँले बताउनुभयो । रानामाथि गैँडाले गोरखपुर सामुदायिक वनको लामाताल क्षेत्रमा आक्रमण गरेको हो ।
रानाको ढाडमा गहिरो घाउ भएको छ । सामुदायिक वन क्षेत्रमा केही दिनअघिदेखि गैँडा देखापर्दै आएको स्थानीय बासिन्दाको भनाइ छ । यहाँ गैँडाले मानवलाई आक्रमण गरेको घटना भने पहिलो भएको बताइएको छ । –रासस
कालोपाटी
४ वर्ष अगाडि
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्