आगामी शैक्षिक सत्रबाट परीक्षण भइरहेका पाठ्यक्रमहरु कार्यान्वयन गर्ने निर्णय

Ad
  • कालोपाटी सम्बाददाता

 

काठमाडौं । आगामी शैक्षिक सत्रबाट परीक्षण भइरहेका पाठ्यक्रमहरु कार्यान्वयन गर्ने निर्णय भएको छ ।  राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्को बिहीबार बसेको ८९ औं बैठकले आगामी शैक्षिक सत्र २०७९ बाट कक्षा ४, ५ र ९ को नयाँ पाठ्यक्रम कार्यान्वयन गर्ने निर्णय गरेको हो ।

 

शिक्षामन्त्रीको अध्यक्षतामा बसेको परिषद् बैठकले मदरसामा अनिवार्य विज्ञान तथा प्रविधि विषयको सट्टामा दिनियात विषय अध्ययन गर्न पाउने निर्णय गरेको हो । बैठकले जापानी, कोरियन, चिनियाँ लगायतका विदेशी भाषाको पाठ्यक्रम पनि स्वीकृत गरेको केन्द्रले जनाएको छ ।

बैठकले नेपालको संविधानमा मातृभाषाको व्यवस्था गरेअनुरुप थप अन्य मातृभाषाको पाठ्यक्रम पनि बन्न सक्ने र ऐच्छिक विषयको रुपमा पठनपाठन हुनसक्ने गरी व्यवस्थापन गर्ने निर्णय समेत गरेको छ । देशका २८ वटा विद्यालयमा कक्षा ४, ५ र ९ का पाठ्यक्रम परीक्षण भइरहेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्