कैलाली । कैलालीमा नगद र गरगहनासहित तिन पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक डीएसपी प्रतीक विष्टको जानकारी अनुसार धनगढी बसपार्कमा रहेको होटल अमन प्लाजाबाट ८ लाख ६९ हजार रुपैयाँसहित तीन जनालाई पक्राउ गरेको हो ।
उनीहरुलाई विशेष सूचनाका आधारमा सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह आरआईटी र जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले शुक्रबार पक्राउ गरेको हो । उनका अनुसार पक्राउ पर्नेमा बझाङको मष्टा गाउँपालिका १ कोटदेबलका १८ वर्षीय किरण खड्का २२ वर्षीय मुकेश खड्का र २४ वर्षीय नारायण खड्का रहेका छन् ।
उनीहरूको साथबाट तीन हजार दुई सय भारतीय रूपैयाँ, ३४ ग्राम ३६० मिलिग्राम सुनका गरगहना र ७३७ ग्राम ७८० मिलिग्राम बराबरका चाँदीका विभिन्न गरगहन पनि बरामद गरिएको डीएसपी विष्टले बताए ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्