काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षकहरूका लागि शिक्षक अस्पताल बनाउनका लागि उपयुक्त ठाउँ खोज्न डा विमल चालिसेको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ ।
मन्त्रालयका सचिव रामप्रसाद थपलियाका अनुसार समितिलाई दुई महिनाभित्र काठमाडौँ वा चितवनलगायत सहरको उपयुक्त ठाउँमा जग्गा खोज्न कार्यावधि तोकिएको छ ।
यसैबीच शिक्षामन्त्रीस्तरीय बैठकले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्अन्तर्गत कर्णाली प्रदेशस्तरीय कार्यालय भवन निर्माणका लागि जग्गा उपलब्ध गराउने निर्णय गरेको छ । त्यसका लागि लागि सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–५ मा जग्गाको व्यवस्था गरिएको बताइएको छ ।–रासस
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्