Skip to content

सिरहाको सोठीयाईनमा नेबि संघ बलियो बन्दै छ : नेता यादव

कालोपाटी

४ वर्ष अगाडि

महेश सिंह सिरहा।  सिरहाको सखुवानान्कारकट्टी गाउँपालीकामा नेबि संघको वडा स्तरीय एक दिने कर्याकर्ता भेला सम्पन्न भएको छ्। नेबि संघ सिरहाको जिल्ला प्रबक्ता पपु यादवको नेतृत्व अर्थात अध्यक्षतामा उक्त कार्यक्रम सुरु भएको थियो।

कार्यक्रमको प्रमुख अतिथिमा  नेपाल विद्यार्थी संघका केन्द्रिय सदस्य संजय यादव थिए  भने बिशिस्ट अतिथिमा स्थानीय युवा नेता गोपाल कृष्ण यादव रहेका थिए ।

नेबि संघको पहिलो वडा स्तरीय कार्यक्रम सखुवानान्कारकट्टी गाउँपालीका वडा नम्बर २ मा सम्पन्न भएको आयोजकले जानकारी दिएका थिए ।वडा स्तरीय कार्यक्रममा नेबी संघका नेता कार्यकर्ताहरुको उल्लेखनीय सहभागीता रहेको थियो।
आउने स्थानीय तहको चुनावमा नेपाली काङ्ग्रेसको सरकार गाउँ पालिका र नगरपालीकाहरुमा हुनुपर्नेमा  नेताहरुले जिकिर गरेका थिए।

युवा पंक्तिहरुलाई स्कृय रूपमा राजनीतिमा भुमिका खेल्न नेपाल विद्यार्थी संघका सिरहा प्रबक्ता पपु यादवले सहकर्मीहरुलाई आग्रह गर्दै  छ्ठ पर्वको सुभकामना दिएका थिए।

पालिकाको पहिलो वडा भेला लगत्तै गाउँपालीकाको सम्पुर्ण वडामा वडा स्तरीय भेला गराउनु पर्नेमा  छलफल भएको थियो । प्रबक्ता यादब नेबि संघको कर्मठ सहासिल नेताको रूपमा सिरहामा चर्चामा रहेक छन् ।

प्रतिक्रिया दिनुहोस्