महोत्तरी । महोत्तरीको सदरमुकाम जलेश्वरको साहुजीपट्टीस्थित छठघाटमा छठपर्व मनाउने क्रममा साडीमा आगो लाग्दा एक व्रतालु महिला सख्त घाइते भएकि छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार गएराति १० बजे छठघाटमा पूजाको दिप प्रज्ज्वलन गर्ने क्रममा जलेश्वर नगरपालिका– ६ बस्ने ८८ वर्षीया फूलकुमारी कर्णको साडीमा आगो सल्किएकाले सख्त घाइते भएकी हुन् ।
आगोले महिलाको हात, खुट्टा र शरीरका विभिन्न भागमा पोलेकाले उपचारका लागि तत्काल जलेश्वर जिल्ला अस्पताल लगिएकामा थप उपचारका लागि जनकपुरस्थित प्रादेशिक अस्पताल पठाइएको थियो । त्यहाँ पनि उपचार सम्भव नभएकाले गएराति नै काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।–रासस
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्