कर्णालीका नवनियक्त मुख्यन्यायाधिवक्ता श्रेष्ठद्वारा शपथ

Ad
  • कालोपाटी सम्बाददाता

कर्णाली  ।कर्णाली  प्रदेश सरकारका नवनियुक्त मुख्यन्यायाधिवक्ता ध्रुवकुमार श्रेष्ठले पद तथा गोपनियताको शपथ गरेका छन् ।

उच्च अदालत सुर्खेतका न्यायाधीश शेषराज शिवाकोटीबाट नवनियुक्त मुख्यन्यायाधिवक्ता श्रेष्ठले आज पद तथा गोपनियताको शपथ गरेका हो । वीरेन्द्रनगर नगरपालिका– ९ सुर्खेत निवासी श्रेष्ठ प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीको सिफारिसमा कर्णाली प्रदेश प्रमुख तिलक परियारबाट मुख्यन्यायाधिवक्तामा नियुक्त भएका थिए ।

नेपालको संविधानको धारा १६८ को उपधारा दुई बमोजिम प्रदेश सरकारका कानूनी सल्लाहकारका रुपमा मुख्य न्यायाधिवक्ता श्रेष्ठले आजै पदबहाली गरेका छन् । उक्त शपथ ग्रहण कार्यक्रममा कर्णाली प्रदेश प्रमुख तिलक परियार, मुख्यमन्त्री जीवनबहादुर शाही, सभामुख राजबहादुर शाही, प्रमुख सचिव राजकुमार श्रेष्ठ, सुरक्षा निकायका प्रदेश प्रमुख र सचिवहरुको उपस्थिति रहेका थिए । –रासस

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्