पाल्पा । रैनादेवी छहरा गाउँपालिका–५ मुझुङगस्थित स्वास्थ्यचौकी जीर्ण बनेको छ । गर्मी घामले र वर्षायाममा पानी चुहिने समस्या हुने गरेको छ । जस्तापाताको छानासहितको कच्ची भवन छ । साँघुरा भवनबाट स्वास्थ्य परीक्षण गर्न गाह्रो भएको स्वास्थ्यकर्मी श्याम कार्कीले गुनासो गरे । महिला तथा सुत्केरीलाई भिन्न कोठामा राखी परामर्श गर्नुपर्ने जनाइएको छ ।
साँघुरा कोठामा बिरामीको स्वास्थ्य परीक्षण, औषधि वितरण तथा प्रशासनिक काम गर्नुपर्ने समस्या उहाँको भनाइ छ ।विसं २०७२ मा स्वास्थ्यचौकी भवन निर्माण थालिएको थियो । । तत्कालीन शान्ति तथा पुनःनिर्माण मन्त्रालयको रु ५१ लाख लगानीमा काम थालिएको स्वास्थ्यचौकीको भवन आर्थिक अभावकै कारण रोकिएको जनाइएको छ ।
डिबी कन्ट्रन्शनले क्रमागत बजेटमा काम थालेको हो । पहिलो वर्ष काम भए पनि दोस्रो वर्षदेखि हालसम्म काम रोकिए जनाइउको छ । सो मन्त्रालयको बजेटमार्फत सञ्चालित आयोजना कुन मन्त्रालयले वजेट मार्फत सम्पन्न गर्ने भन्ने अझै टुङ्गो नहुँदा अधिकांश योजना अलपत्र अवस्थामा छन् । स्वास्थ्यचौकी निर्माणका लागि लाखौँ खर्च भएपनि बिरामी र स्वास्थ्यकर्मीलाई स्वास्थ्य परामर्शका निम्ति भवनको अभाव छ । –रासस
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्