आरोप प्रमाणित गर्न अध्यक्ष दाहालको चुनौती

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्व राजा ज्ञानेन्द्रसँग पाँचबुँदे सहमति भएको भनी नेकपा एमाले का अध्यक्ष केपी ओलीले लगाएका आरोप प्रमाणित गर्न चुनौती दिएका छन् ।

उनले भनेका छन , “म केपी ओलीलाई पाँचबुँदे सहमति प्रमाणित गर्न चुनौती दिन्छु ।” अध्यक्ष प्रचण्डले आज विज्ञप्ति प्रकाशन गरी अध्यक्ष ओलीले गरेको प्रचार गलत रहेको भन्दै खण्डन गरेका हुन् । साथै अध्यक्ष प्रचण्डले सो विज्ञप्तिमा एमाले अध्यक्ष ओलीलाई माक्र्सवाद र कम्युनिस्ट सिद्धान्तबाट धेरै पर पुगेको भनी आरोप पनि लगाएका छन् । एमाले अध्यक्ष ओलीले बुधबार एक कार्यक्रममा प्रचण्डले पूर्वराजा ज्ञानेन्द्रसँग पाँच बुँदे सहमति गरेको बताएका छन् । अध्यक्ष प्रचण्डले सो विज्ञप्तिमा अध्यक्ष ओलीको सो प्रचार झूठो हो भन्दै त्यसबाट भ्रमित नहुनसमेत सबैसँग अनुरोध गरेका छन् ।

अध्यक्ष प्रचण्डले आफूले भूमण्डलीकृत साम्राज्यवाद र वित्तीय एकाधिकार पुँजीवादबारे गरेको विश्लेषणमाथि गरिएको टिप्पणीलाई दलाल पूँजीपति वर्गको एजेण्टको टिप्पणी भन्दै आजको पूँजीवादको चरित्रबारे आफूले गरेको विश्लेषण सही रहेको पनि सो विज्ञप्तिमार्फत् दाबी गरेका छन्

अध्यक्ष प्रचण्डले नेपालको शेयर बजारका सन्दर्भमा आफू स्पष्ट रहेको र लगानीकर्ताको हितमा रहेकोसमेत उल्लेख गरेका छन् । उनले भने , “नेपालको शेयर बजारका सन्दर्भमा हाम्रो पार्टी र म समेत लाखौँ लगानीकर्ताको हितका पक्षमा रहेको स्पष्ट गर्न चाहन्छु ।” उनले झूठो प्रचारबाट भ्रमित नहुन सम्पूर्ण शेयर लगानीकर्ता जनसमुदायलाई अनुरोध पनि गरेका छन् । –रासस

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्