कञ्चनपुर । यहाँको कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी हुदाँहुदै पनि थप आठ जना थपिएपछि व्यवस्थापनमा समस्या देखिएको छ । कञ्चनपुर कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी भएपछि थप आठ जना यहाँ ल्याइएको थियो ।
कञ्चनपुरको कारागारमा ठाउँ अभाव भएपछि दार्चुला, डडेल्धुरा र कैलाली २८ कैदीबन्दी पठाइएका हुन् । मङ्गलवार राती कैदी कञ्चनपुर कारागारबाट दार्चुला कारागार स्थानान्तरण गरिएको जिल्ला कारागारका जेलर वीरेन्द्रसिंह धामीले जानकारी दिए । कञ्चनपुरबाट १० कैलाली, १० डडेल्धुरा र आठ जनालाई दार्चुला कारागार पठाइएको हो । योसँगै अब दार्चुला कारागारमा कैदीबन्दीको सङ्ख्या ६९ पुगेको छ । –रासस
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्