हुम्ला । उच्च हिमाली जिल्ला हुम्लाको जिल्ला अस्पतालमा पछिल्लो केही दिनयतादेखि बिरामीको सङ्ख्या बढेको छ । यही पुस महिना लागेसँगै जिल्लाको तापक्रम माइनसमा झरेर चिसो अत्यधिक भएपछि अस्पतालमा रुघाखोकीलगायतका बिरामी बढेका जनाइएको छ ।
जिल्ला अस्पताल हुम्लामा दैनिक दिन ६० जनाभन्दा बढी उपचारका लागि पुग्ने गरेको गरेको जिल्ला अस्पतालका सिनियर अनमी सरिता बोहराले जानकारी दिए । ज्वरो, रुघाखोकी, दम, लगायतका बिरामी उपचारका लागि गाउँबाट जिल्ला पुग्ने गरेको अनमी उनले बताए । उनका अनुसार बिरामी उपचारका लागि आएपछि जिल्ला अस्पतालमा रहेका श्यया पनि भरिभराउ भएका छन् । यस्तै घाँटी र शरीर दुख्ने, खाना खान मन नलाग्ने लक्षणका बिरामी पनि आउने गरेबका छन् ।
बालबालिका र वृद्धवृद्धामा यस्तो समस्या बढी देखिएको अस्पतालले जनाएको छ । स्वास्थ्य अवस्था जटिल भएका केही बिरामीलाई अस्पतालमै भर्नासमेत गरिएको छ ।
–रासस
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्