काठमाडौँ । गृह मन्त्रालयले मातहत निकायका विविध क्षेत्रको सुधारका लागि छलफल सुरु गरेको छ ।
अध्यागमन विभाग, कारागार व्यवस्थापन, अपराध नियन्त्रण, शान्तिसुरक्षा, सीमा व्यवस्थापन, नागरिकता, राष्ट्रिय परिचयपत्र, शरणार्थी समस्या, विपद् व्यवस्थापन, लागुऔषध नियन्त्रणका बिषयमा मन्त्रालयले सरोकारवालासंग सुझाव लिएको हो । बुधबार मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्रालयका प्रवक्ता सहसचिव प्रदीपकुमार कोइरालाले कमीकमजोरी पहिल्याउँदै समाधानका प्रयासका लागि छलफल गरिएको जानकारी दिए । उनले सुधारको क्षेत्र पहिचान गर्दै योजना बनाएर कार्यान्वयनमा लगिने धारणा राखे ।
छलफलका क्रममा सरोकारवालाहरुले आधुनिक प्रविधिको प्रयोग र दक्ष जनशक्तिमार्फत विषयगत क्षेत्रको सुधारको खाँचो रहेको बताएका थिए । यसअघि पनि मन्त्रालयले गृह प्रशासन सुधार योजना २०७४ लागू गरेको थियो ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्