जनकपुर । प्रदेश नं २ को प्रदेशसभा बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । आज बस्ने बैठकमा प्रदेश सरकारले प्रदेश प्राविधिक विश्वविद्यालय अध्यादेश, २०७८ पेश गर्ने कार्यसूची रहेको छ । प्रदेश सरकारका तर्फबाट सामाजिक विकासमन्त्री नवलकिशोर साहले उक्त अध्यादेश पेश गर्ने कार्ययूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।
यस्तै प्रदेश सरकारले ल्याउने सो अध्यादेशविरुद्ध प्रतिपक्षी दल लोकतान्त्रिक समजवादी पार्टीका प्रमुख सचेतक परमेश्वर साहले अध्यादेश अस्वीकृत गर्नेसम्बन्धी प्रस्ताव पेश गर्नुहुने प्रदेशसभा सचिवालयका सचिव रञ्जितकुमार यादवले जानकारी दिए ।
यसअघि गत बिहीबार बसेको प्रदेशसभा बैठकले प्रदेश सरकारले ल्याएको प्रदेश कृषि विश्वविद्यालय अध्यादेश, २०७८ स्वीकृत गरेको थियो । –रासस
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्