नेकपा (माओवादी केन्द्र)को बन्दसत्र सोमबार बिहान ११ बजेदेखि प्रज्ञा भवनमा सुरु हुने भएको छ । आइतबार उद्घाटनसत्र सम्पन्न गरेको माओवादीले कमलादीस्थित प्रज्ञा भवनमा बन्दसत्र गर्न लागेको हो ।
आइतबार माओवादी केन्द्रको महाधिवेशनको उदघाटन समारोह सम्पन्न भएको थियो । एक जना अध्यक्ष, एक जना वरिष्ठ उपाध्यक्ष, ६ जना उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक जना कोषाध्यक्ष रहने (जम्मा १५पधादिकारी सहित २९९ केन्द्रिय समिति ) प्रस्तावलाई महाधिवेशनले अनुमोदन गर्नेछ ।
त्यस्तै बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक प्रतिवेदन, विधानलगायतका अन्य प्रतिवेदन पेश हुनेछ । बन्दसत्रमा अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि सामूहिक छलफल गर्ने कार्यक्रम रहेको माओवादी केन्द्रले बताएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्