काठमाडौँ । नेपाल बार एशोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको राजीनामा मात्रै नभएर अनियमिता गरेर कमाएको सम्पतिको छानविन गर्न माग गर्दै आन्दोलन जारी राख्ने बताउनु भएको छ । परिसरमा बारले आन्दोलनलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले बार अब प्रधानन्यायाधीश समशेरको राजीनामा माग मात्रै नभएर अनियमिता गरेर कमाएको सम्पतिको छानविन गर्नु पर्ने माग राखेर आन्दोलन जारी राख्नु बताए ।
अध्यक्ष श्रेष्ठले विचौलियाको संरक्षक नै प्रधानन्यायाधीश समशेर भएकाले उनको सम्पति छानवि हुनु पर्ने बताए । उनले बारले दुई महिना देखि निरन्तर रुपमा न्यायालयमा भएको विकृति, विसंगति र भष्टचार विरुद्धमा आन्दोलन गर्दै आएको बताए । उनले आन्दोलनका कारण केही हदसम्म न्यायलयका विचौलीयाले गर्ने चलखेल रोकिएको बताए ।
अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीश जबराले बिचौलीयाहरुको आधारमा कमाएको सम्पति कहाँ कति छ छान गर्ने नागरिक समाजले मागको सुरुवात गरेको बताए । उनले अब प्रधानन्यायाधीश जबरा,उनका नातेदार,विचौलीया न्यायाधीशहरुको समेत सम्पति छानविन गर्नु पर्ने बताए ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्