पाल्पा । पाल्पाको निस्दी गाउँपालिका– ७ को चारघरे र ज्यामिरे गाउँमा पहिलो पटक विद्युत् पुगेको छ । सामुदायिक विद्युतीकरणका लागि रकम बुझाएको लामो समय पश्चात् अहिले गाउँमा विद्युत् पुगेको हो । करिब ८० घरपरिवारमा बिजुली बत्तीको सुविधा पुगेको र बाँकी स्थानमा पनि छिट्टै नै विस्तार गरिने गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारुले बताए । साविक ज्यामिरे गाउँ विकास समिति–१को चारघरे, ज्यामिरे क्षेत्र अहिले विद्युत् सुविधा उपभोग गर्ने पहिलो गाउँ बनेको छ ।
स्थानीयवासी मुक्तबहादुर पाटाले बिजुली बत्ती उपभोग गर्न पाएपछि लेखपढ गर्न, खाना पकाउन, रेडियो सुन्न र टिभी हेर्न सजिलो भएको छ भने । लामो समयदेखि विद्युत् सेवाको पर्खाइमा रहेका निस्दीको ज्यामिरे, चारघरे गाउँमा पहिलो पटक बत्ती पुगेपछि स्थानीयवासी खुसी भएका छन् । टुकीको भरमा जीवन बिताएका यहाँका वासिन्दा विद्युत् सुविधाले गाउँ नै उज्यालो बनेको देख्दा दङ्ग भएको लालीगुराँस सामुदायिक विद्युत् सहकारी संस्थाका अध्यक्ष दुर्गबहादुर सोमैले बताए । –रासस
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्