सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ३०० ले घटेर रु ९३ हजार १०० मा आएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९३ हजार ४००मा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९२ हजार ६०० कायम भएको छ, जसको मूल्य आइतबार प्रतितोला रु ९२ हजार ९०० तोकिएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु पाँचले घटेर रु एक हजार २६५ मा आएको महासङ्घले जनाएको छ । चाँदी आइतबार प्रतितोला रु एक हजार २७० मा कारोबार भएको थियो । अन्तरराष्ट्रिय बजारमा सुन प्रतिऔँस एक हजार ८२४ डलर आसपास कारोबार भइरहेको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्