५५ हजार स्थानीयवासीलाई चैतभित्र घरमै स्वच्छ खानेपानी

Ad
  • कालोपाटी सम्बाददाता

काभ्रेपलाञ्चोक । आउदो चैत महिनाभित्र काभ्रेपलाञ्चोकको तेमाल क्षेत्रका ५५ हजार स्थानीयवासीलाई घरघरमा स्वच्छ खानेपानी पु¥याइने भएको छ । गत मङ्सिरमा खानेपानी आयोजनाको काम सक्ने लक्ष्य लिइए पनि कोरोना र प्राकृतिक प्रकोप खेप्नुपर्दा उपभोक्ताको घर–घरमा खानेपानी उपलब्ध गराउन नसकिएको हो ।

तेमाल वृहत खानेपानी आयोजना कोरोनाको पहिलो र दोस्रो लहरका साथै गत साउनमा सुनकोशी नदीमा आएको बाढीले मुहान क्षेत्रमा क्षति पु¥याउदा करिब एक वर्ष पछि धकेलिएको हो । उपभोक्ता समितिले अबको तीन महिनापछि घर–घरमा खानेपानी पु¥याउने गरी आयोजनाको मर्मतलयातका काम भइरहको जनाएको छ ।

“आउँदो चैतभित्र खानेपानी उपलब्ध गराउने उद्देश्यकासाथ काम भइरहेको छ” समितिका अध्यक्ष सङ्ग्रामजित लामाले भने । उनका अनुसार आयोजनाको काम करिब अन्तिम चरणमा पुगेको छ ।

आयोजनाको ९८ प्रतिशत काम सकिएको जनाइएको छ । हाल मुहानलाई थप सुरक्षित गरी पुरानै अवस्थामा फर्काएर पानी प्रशोधनको काम भइरहेको लामाले बताए । उनका अनुसार १२ ट्याङ्कीमा पानी परीक्षण भइसकेको छ भने थप ११ ट्याङ्कीमा परीक्षणको काम भइरहेको छ । साथै, प्रशोधन केन्द्रदेखि वितरण ट्याङ्कीसम्मको पाइपमासमेत पानी परीक्षण भइसकेको जनाइएको छ ।

लामाका अनुसार उक्त आयोजनाबाट तेमाल क्षेत्रका ५५ हजार स्थानीयवासीलाई खानेपानी उपलब्ध हुनेछ । लिफ्टििङ प्रविधिबाट यो खानेपानी आयोजना सञ्चालन गरिने छ । यसको मुहान सुनकोशी नदीकिनारमा छ । यो वर्षको पहिलो बाढीले तेमाल खानेपानीको मुहान रहेको स्थान तेमाल गाउँपालिका–२ र ३ को सिमाना सुनकोशी नदी किनार चुखाबेँसीमा कटान सुरु गरेको थियो ।

त्यससँगै यही साउन १७ र १९ गतेको बाढीले क्षति पु¥याएपछि आयोजनाको मुहान क्षेत्रमा निर्माण गरिएको लिफ्टिङ ट्याङ्कको जोखिमलाई सुरक्षित गरिएको हो । “यो वर्षको अनपेक्षित बाढीले खानेपानीको मुहान क्षेत्रमा लाखौँको पु¥याएको थियो, हामीले मर्मत, पुनःनिर्माण तथा सुरक्षित बनाउने सकेका छौँ” लामाले भने ।

उनका अनुसार बाढीले आयोजनाको रु साठी लाखभन्दा बढी क्षति पु¥याएको थियो भने करोडौँका संरचनालाई जोखिम पु¥याएको थियो । तेमाल क्षेत्रका नौ हजार ३१० परिवारका करिब ५५ हजार नागरिकका लागि खानेपानी आयोजना सञ्चालन गरिएको हो । तेमाल क्षेत्रअन्तर्गत तेमाल गाउँपालकाको नौ वडा, नमोबुद्ध नगरपालिकाको ३, ४ र ५ तथा रोशी गाउँपालिकाको सात नम्बर वडाका बासिन्दाले उक्त खानेपानी उपभोग गर्न पाउने भएका हुन् । आयोजनाको काम सकेसम्म छिटो सक्नेगरी कामलाई तीव्रता दिइएको सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना भक्तपुरका प्रमुख राजेन्द्र श्रेष्ठले बताए । उनले भने ,“आउँदो चैतभित्र घरघरमा खानेपानी पु¥याउन हामी खटिरहेका छौँ ।”

विसं २०७२ असार महिनामा सम्झौता भएको आयोजनाको काम गतसाल मङ्सिरमा सक्ने लक्ष्य राखिए पनि कारोना महामारीका कारण कामको निरन्तरता नहुँदा तथा बाढीले संरचनामा क्षति पु¥याउदा केही धकेलिएको हो । लामाका अनुसार हाल खानेपानी वितरणको पाइपलाइन विछ्रायाउने कार्यसकेत अन्तिम चरणमा पुगेको छ ।

“विपद्ले नरोके आउदो चैतभित्र खानेपानी वितरण गर्नेगरी तीव्रगतिमा काम गरिरहेका छौँ” उनले भने । भूकम्पलगत्तै खानेपानीका मूल सुक्दै गएपछि तेमालका केही बासिन्दा विस्थापित हुने तरखरमा थिए, तर वृहत खानेपानी आयोजनाले रोकेको बताइन्छ ।

याङ्बेल डाँडामा चार लाख लिटर क्षमताका दुई मुख्य ट्याङ्की निर्माण गरिएको छ । नेपाल सरकार, खानेपानी विभागमार्फत रु एक अर्ब २७ करोड, गाउँपालिकाको एक प्रतिशत र स्थानीय उपभोक्ताले नौ प्रतिशत जनश्रमदानमा सञ्चालन गरिएको आयोजनामध्ये दुई चरणमा सुनकोशी नदीबाट १२ किलोमिटरको उचाईमा लिफ्टिङ गरी खानेपानी उपलब्ध गराइने संरचना बनिसकेका छन् । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्