धादिङ । रुबीभ्याली गाउँपालिका वडा नम्बर १ तिप्लिङको पुरु नजिकै गए राति पहिरो खस्दा तीन जना हराइरहेका छन् । लब्दुङबाट लिङ्जोतर्फ सडक खन्दै गरेका अवस्थामा पहिरो खस्दा स्काभेटरसमेत पुरिएको छ ।
धादिङबेँसी सदरमुकामबाट दुई दिनको पैदल दूरीमा पर्ने सो क्षेत्रमा विकट गाउँमा सडक पुर्याउन काम भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले बताउनुभयो । घटनास्थलमा नेपाल प्रहरी र स्थानीयवासी पुग्दै गरेकाले थप विवरण आउन बाँकी छ ।
घटनामा हराएकाहरुको खोजी भइरहेको छ । स्काभेटर चालक, उनका सहयोगी र एक स्थानीयवासी हराएको तिप्लिङका शिक्षक नरबहादुर घलेले बताउनुभयो ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्