सोलुखुम्बु । सोलुखुम्बुमा आफ्नै छिमेकीलाई दाउराले टाउकोमा प्रहार गरी हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन् । प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कवित कटवाललेका अनुसार सोलुखुम्बु माप्य दुधकोशी गाउँपालिका १ बुम्रेका ५२ वर्षीय दानु शेर्पाको हत्या गरेको आरोपमा प्रहरीले ४५ वर्षीय वाङदी शेर्पालाई पक्राउ गरेको हो
उनका अनुसार वाङदीले आइतबार मध्यराति पदार्थ सेवन गरेर दानु शेर्पालाई दाउराले टाउकोमा प्रहार गरी हत्या गरेको खुलेको छ । वाङदीले मादक पदार्थ सेवन गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनाको जानकारी पाए लगत्तै खरिखोलाको प्रहरी टोलीले वाङदी शेर्पालाई नियन्त्रणमा लिएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको स्रोतले बताएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
मेरो एउटा कुरा छ
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्