जनकपुरधाम । मधेश प्रदेशमा बुधबार पनि सार्वजनिक बिदा हुने भएको छ ।
प्रदेशको राजधानी र नाम तय भएको खुसियालिमा मंगलबार सार्वजनिक बिदा दिएको प्रदेश सरकारले बुधबार पनि सार्वजनिक बिदा दिने भएको हो । बुधबार मधेश बलिदानी दिवसको अवसर पारेर प्रदेश सरकारले यसअघि नै सार्वजनिक बिदा दिने निर्णय गरिसकेको थियो । मधेश आन्दोलनको स्मरण गर्दै प्रदेश सरकारले २०६३ साल माघ ५ गतेबाट सार्वजनिक बिदा दिंदै आएको छ ।
यस पटक बलिदानी दिवस राजविराजमा मनाउने प्रदेश सरकारले निर्णय गरेको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्