ट्राफिक प्रहरीद्वारा नागरिक सचेतना अभियान शुरु

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले कोरोना महामारीलाई मध्यनजर गर्दै नागरिक सचेतना अभियान शुरु गरेको छ ।

बिहीवार कोरोनाको जटिलतालाई मध्यनजर गर्दै महाशाखाले काठमाडौंको आरएनएसीबाट कोरोनाबाट बच्नका लागि आम नागरिकहरुलाई मास्क लगाउन अनुरोध गर्दै नागरिक सचेतना अभियान शुरु गरेको हो । महाशाखाले सवारीसाधनमा मास्क अनिवार्य लगाउन आग्रह गरिएको पर्चा तथा पम्प्लेटहरु समेत टाँसेको छ भने सवारीसाधन चालक र सहचालक तथा यात्रुहरुलाई सवारीसाधनमा चढ्दा अनिवार्य मास्कको प्रयोग गर्न अनुरोध गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक उमेशराज जोशीले कोरोना महामारी बढीरहेकोले आम नागरिकहरुलाई सचेत गराउनका लागि यो अभियान शुरु गरेको बताउनु भयो । उहाँले सवारीसााधनमा टाँसेको पर्चा र पम्प्लेटले पनि नागरिकहरुलाई मास्क लगाउनु पर्छ भन्ने ज्ञान हुने बताए ।

त्यस्तै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले मास्क नलगाइ हिँड्ने मानिसहरुलाई मास्क लगाएर हिँड्नका लागि सचेतना अभियान शुरु गरेको बताए । उनले ट्राफिक प्रहरी र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, कर्मचारी, मजदुर संघहरुले कोरोनाबाट बच्नका लागि मास्क अनिवार्य लगाउनका लागि सचेत गराइएको बताए । उनले यो अभियान देशभर नै सञ्चालन हुने पनि बताए ।

महासचिव सिटौलाले सवारीसाधन चढ्ने यात्रु, सवारी चालक र सहचालकहरुले मास्क नलगाएको पाइएमा कानूनअनुसार कारबाही हुने पनि बताए ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्