काठमाडौं । नेकपा माओवादी केन्द्रले माघ ८ गते भोली हुने केन्द्रीय कमिटीको बैठक स्थगित भएको छ ।
कोरोना महामारी, स्वास्थ्य मापदण्डको पालना र सरकारद्वारा जारी निर्देशनलाई मध्यनजर गरी अर्को निर्णय नहुँदासम्म केन्द्रीय समितिको बैठक स्थगित गरेको हो । यसअघि पुस २५ गतेका लागि बोलाइएको केन्द्रीय कमिटीको बैठक पनि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कोरोना संक्रमित भएपछि रोकिएको थियो ।
केन्द्रीय कमिटीको बैठक स्थगित गरेर पछि पार्टीको निवर्तमान स्थायी समिति र आयोगका अध्यक्षहरुलाई बैठकमा माघ आठ गते भोली बोलाएको छ । बैठक भोली बिहान साढे ८ बजे पार्टी कार्यालय पेरिसडाडा कोटेश्वरमा बस्नेछ । ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्