काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा एक हप्ताका लागि स्थगन गरिएको कोरोना भाइरसविरुद्धको खोप अभियान आजदेखि पुनः सञ्चालन हुने भएको छ । अस्पतालका निर्देशक डा मनिषा रावलले काठमाडौँ महानगरपालिका स्वास्थ्य शाखा र नेपाल रेडक्रस सोसाइटीबाट जनशक्ति व्यवस्थापन हुने भएपछि खोप अभियान पुनः सञ्चालन गर्ने बताए ।
उनका अनुसार आज बिहान १० बजेदेखि खोप अभियान सुरु हुने छ । आइतबार अस्पतालमा ५० भन्दा बढी चिकित्सक, स्वास्थ्यकर्मी र अन्य कर्मचारीलाई कोरोना भाइरसको सङ्क्रमण भएकाले सोमबारदेखि एक हप्ताका लागि खोप अभियान स्थगन गरेको थियो । अस्पतालमा कोरोना भाइरसविरुद्धको पहिलो मात्रा, पूर्ण मात्रा र बुस्टर डोज उपलब्ध गराउँदै आएको थियो ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्