स्थानीय तहको निर्वाचन संविधानमा भएको व्यवस्थाअनुसार नै हुने प्रशासनमन्त्री श्रेष्ठ

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठले स्थानीय तहको निर्वाचन संविधानमा भएको व्यवस्थाअनुसार नै हुने बताएका छन् ।

रिपोटर्स क्लव नेपालले बुधबार काठमाडौंमा गरेको साक्षात्कारमा उनले स्थानीय तहको निर्वाचनबारे अहिले बाहिर विभिन्न बहस भैरहेकोमा आफ्नो ध्यानाकार्षण भएको उल्लेख गरे । मन्त्री श्रेष्ठले संविधानमा नै संविधानसँग बाझिएका सबै कानूनहरु स्वतः बदर हुन्छ भनिएको स्मरण गराउँदै स्थानीय तहको निर्वाचनको जटिलतालाई सरकारले फुकाउने दावी गरे । उहाले स्थानीय तहको निर्वाचनको सम्बन्धमा अहिले सरकार छलफलकै क्रममा रहेको बताए ।

मन्त्री श्रेष्ठले अहिले रहेको पाँच दलीय सत्तारुढ गठबन्धन निर्वाचनसम्म नै कायम रहने पनि दावी गरे । उनले देश र जनताका लािग नयाँ ढंगले काम गर्नुपर्छ भनेर सरकार लागिरहेको बताए । उनले आफूहरुले स्थानीय तहको कर्मचारीको समस्या पनि समाधान गरिरहेको जिकिर गरे ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्